काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैद्य माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले ९४ बुँदे ज्ञापनपत्र बुझाएको छ । देजमोका अध्यक्ष सीपी गजुरेलसहितको टोलीले बालुबाटर पुगेर प्रधानमन्त्री ओलीलाई सो ज्ञापनपत्र बुझाएको हो ।सो ज्ञापनपत्रमा १९५० को सन्धी खारेजीदेखि कालोबजारी तथा महंगी नियन्त्रणसम्मका माग राखिएको छ । साथै जनयुद्धकालिन मुद्दालाई ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’बाट समाधान गर्ने सहमति कार्यान्वयन गर्न र जेलमा रहेका बालकृष्ण ढुंगेल लगायतको मुद्दा फिर्ता गरी उनलाई रिहा गर्न माग गरिएको छ ।देजमोका अध्यक्ष गजुरेलसहितको टोलीले आफूहरुको माग पूरा गर्ने प्रक्रिया अघि नबढे संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले केही वर्षपछि यस्ता विज्ञप्ति लिएर हिँड्नु पर्ने दिन नआउने बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई प्रधानमन्त्री ओलीले भने, ‘केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया