ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ७० औ जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अ‍ोलीले ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले सो अवसरमा दुवै देशको बीचमा रहेको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने कार्यलाई जारी राख्ने पनि उल्लेख गरेका छन् । पछिल्लो समय नेपाल भारतबीच सम्बन्धमा सुधारको प्रयासस्वरुप छलफललाई तीव्रता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?