सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

काठमाडौं – बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

भूकम्पको कम्पन सिन्धुपाल्चोक आसपासका जिल्ला लगायत काठमाडौंमा पनि महशुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?