काठमाडौं । पश्चिमी नाइजेरियास्थित ओसुँ ओशोबु नामक पवित्र जङ्गलमा वयस्क चलचित्रको रेकर्डिङ गरेको आरोपमा एक चलचित्र निर्मातालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

आदिवासी योरुबा समुदायको प्रजननकी देवी ओसुँको वासस्थान भनिने उक्त पवित्र जङ्गल संयुक्त राष्ट्रसङ्घको विश्व सम्पदा सूचीमा समेत समाविष्ट छ।

प्रहरीका अनुसार जङ्गलमा वयस्क चलचित्र खिचेको आरोपमा किङ ब्लाक होक नामले परिचित तोबिलोबा जोलाओसोलाई पक्राउ गरिएको हो।
घटनाबारे अहिलेसम्म न त जोलाओसोले न त उनका वकिलले नै कुनै प्रतिक्रिया दिएका छन्। श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया