कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाको कारण थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् ।

कोरोनाबाट मृत्यु हुने काठमाडौंकी ५५ वर्षीया महिला रहेकी छिन् । त्यस्तै मृत्यु हुने पुरुषहरुमा काठमाडौंका ५९ वर्षीया, ८३ वर्षीय, चितवनका ६२ वर्षीय र कपिलवस्तुका २९ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा बितेको २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै हालसम्म कुल संक्रमितको ७१ प्रतिशत अर्थात ३५ हजार ७ सय जना कोरोना निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ हजार ८ सय १८ जना कोरोना मुक्त भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

त्यस्तै नेपालमा हाल १४ हजार ४ सय ४ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । भने हाल नेपालमा ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?