नुवाकोट । नुवाकोटमा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ स्काईभेटर, ७ टिपर र ३ आईचर गरी ११ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको बेलकोटगढी नगरपालिका-२ चाउथे दोभानस्थित चाउथे खोलाबाट ११ वटा सवारी साधनलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्काईभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन कार्य भएको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुमरीबाट खटिएको प्रहरीले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया