कोरोना संक्रमित किशोरीमाथि दुष्कर्म, एम्बुलेन्स ड्राइभर पक्राउ

काठमाडौं । भारतको केरलमा एक एम्बुलेन्स चालकले १९ वर्षीया कोभिड १९ संक्रमित किशोरीमाथि दुष्कर्म गरेको आरोपमा गिरफ्तार गरिएको छ ।

युवतीलाई उपचारका लागि लिएर जाने क्रममा उनले दुष्कर्म गरेको बताइएको छ ।

पुलिसले आईतवार यो जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यस घटनालाई राज्य महिला आयोगले स्वयं नै केस दर्ता गराएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?