काठमाडौं – गत भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।
कोशी अस्पताल ‘कोभिड – १९’ उपचार केन्द्र विराटनगरमा उपचाररत विराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमणबाट आज बिहान ३ बजे मृत्यु भएको हो ।
उनमा उच्च रक्तचापको समस्या थियो ।
श्वासप्रश्वासमा कठिनाई भएपछि ति अस्पताल लगि भेण्टिलेटरमा राखि उपचार भईरहेको थियो । उनको स्वास्थ्य अवस्था गम्भिर हुँदापनि बेड पाउन मुस्किल परेपछि उनलाई ‘होम आईसोलेसनमा’ नै राखिएको परिवारले जनाएको छ ।
पछिल्लो समय देशभर संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा बेड अभाव भएको छ ।
यस्तै कोरोनाको कारण सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय एकजना पुरुषको गएराति मृत्यु भएको छ ।
पछिल्लो समय नेपालमा कोरोनाको कारण हुने मृत्युदर पनि बढीरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया