काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।
यसैबीच रुसले आफ्नो विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन आम मानिसका लागि उपलब्ध गराउने भएको छ ।
११ अगस्टमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सीन बनाएको बताएका थिए ।
रुसका एक शीर्ष अधिकारीले कोरोना भाइरसविरुद्धको भ्याक्सीन स्पुटनिक भी यो हप्ता आम मानिसका लागि उपलब्ध गराउने बताएका छन् ।
रुसी न्यूज एजेन्सी टासले रशियन एकेडेमी अफ साइन्सेसमा डेप्यूटी डाइरेक्टर डेनिस लोगुनोवले यस्तो बताएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया