कोरोना कहर : भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित, ब्राजिललाई उछिन्दै भारत दोश्रो स्थानमा

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले विश्वमा ८ लाख ८७ हजार ५४९ जनाको मृत्यु भएको छ भने २ करोड ७२ लाख ८८ हजार ५८६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ९३ लाख ७० हजार ८५८ जना संक्रमण मुक्त भएका छन् भने ५९ हजार ९६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ७१ हजार ६८७ जनाको मृत्यु भएको छ भने ४२ लाख २ हजार ५६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३२ लाख ४७ २९७ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४१ हजार ३० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा आईतवार मात्रै ९१ हजार ७२३ जना संक्रमित भएका छन् भने १ हजार ४४ जनाको मृत्यु भएको छ । भारतमा आईतवार हालसम्मकै सर्वाधिक धेरै संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?