पाल्पा अस्पताल सील

पाल्पा । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पताल सील गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतवार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत छन् । अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?