काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ८५ हजार ९ सय ४३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७२ लाख १७ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९३ लाख ३ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार २ सय २८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९३ हजार २६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ७ सय ७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६४ लाख ४५ हजार ८ सय ५९ पुगेको छ । हालसम्म ३७ लाख १२ हजार ९ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ९ सय ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७१ हजार ७ सय ३९ पुगेको छ । बितेको २४ घण्टामा ८६ हजार ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४१ लाख ९७ हजार ५ सय ६३ पुगेको छ । हालसम्म ३२ लाख ४२ हजार ७ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ६० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म ४१ लख २३ हजार जनामा कोरोना संक्रमण फैलिकएको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २६ हजार २ सय ६६ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३२ लाख ९६ हजार ७ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ८ सय २० पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय ९५ जनामा कोरोना पुष्टि भएको र ६१ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख २५ हजार ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ४० हजार ९ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा २९ हजार ६ सय ८७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ८३ हजार ७ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ६ हजार ४ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार ७ सय ७९ पुगेको छ । हालसम्म ६ लाख ३६ हजार ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ६१ हजार २ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ३ सय १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख २९ हजार ४ सय ९ पुगेको छ । हालसम्म कोरोनाको कारण ६७ हजार ३ सय २६ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ४ सय ७५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ३८ हजार ७ सय ५४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ९ सय ९९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९२ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख २२ हजार ५ सय १० पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ९४ हजार ३ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ४ सय १८ पुगेको छ । हालसम्म ५ लाख १७ हजार १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ९ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ स्पेनमा कुनै पनि असर नदेखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया