काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षिया महिलाको मृत्यु भएको उनले बताए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।
बितेको २४ घण्टाको जानकारी दिँदै देशभरी ९ सय ८० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १० हजार ३ सय ८२ पीसीआर परीक्षण भएकोमा महिला २ सय ९० र ६ सय ९० जना पुरुषमा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण देखिएको छ ।
आजसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ नमूना परीक्षण भएकोमा हालसम्म ४६ हजार २ सय ५७ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमित ‘एक्टिभ केस’ को संख्या १७ हजार २७ रहेको छ ।
प्रदेश नम्बर १ मा ८ सय ७१, प्रदेश नम्बर २ मा ५ सय २८, बाग्मती प्रदेशमा ४ हजार ८ सय ७७ र गण्डकी प्रदेशमा ७ सय ८७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ११, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना संक्रमित संस्थात आइसोलेसनमा उपचाररत रहेका छन् ।
प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बाग्मती प्रदेशमा २ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ७८, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा १ सय २६ गरी देशभरी ७ हजार ८ सय २६ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
आइसियुमा प्रदेश नम्बर १ मा ९, प्रदेश नम्बर २ मा २८, बाग्मती प्रदेशमा १ सय ९, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी देशभरी १ सय ७४ जना उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा प्रदेश नम्बर १ मा ३, प्रदेश नम्बर २ मा २१ र प्रदेश नम्बर ५ मा ३ गरी देशभरी २७ जना संक्रमित उपचाररत रहेका छन् ।
आज १ हजार ८ सय १४ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा २ हजार ४ सय ५८, प्रदेश नम्बर २ मा ८ हजार १ सय २७, बागमती प्रदेशमा ३ हजार ६ सय ५९ र गण्डकी प्रदेशमा १ हजार ८ सय ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ३ सय ५५, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी देशभरी आजसम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् ।
सरकारले विर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । अब विर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध हुनेछन् ।
यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उनले बताए।
त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा. गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो ।
कहाँ कति थपिए संक्रमित र मृतक ?
प्रदेश १ मा : उदयपुरमा १ जना, ओखलढुङगामा १ जना, झापामा २८ जना, ताप्लेजुङमा १ जना, भोजपुरमा १ जना, मोरङमा २९ जना, सङखुवासभामा ६ जना र सुनसरीमा ८६ जना
प्रदेश २ मा : धनुषामा १० जना, पर्सामा २५ जना, बारामा ७३ जना, महोत्तरीमा ३ जना, रौतहटमा ८ जना, सप्तरीमा ११ जना, सर्लाहीमा ५ जना र सिरहामा ६ जना
बाग्मती प्रदेशमा : काठमाडौंमा २९० जना, काभ्रेपलान्चोकमा १ जना, चितवनमा ३० जना, धादिङ्मा १० जना, दोलखामा ७ जना, भक्तपुरमा ३२ जना, ललितपुरमा ३२ जना, सिन्धुपालचोकमा १ जना र सिन्धुलीमा २ जना
गडण्की प्रदेशमा : कास्कीमा २१ जना, गोरखामा ५ जना, तनुहँमा ७ जना, नवलपरासी पूर्वमा १२ जना, लमजुङमा २ जना, बाग्लुङमा ३ जना र स्याङजामा २२ जना
प्रदेश ५ मा : अर्घखाचीमा ११ जना, कपिलवस्तुमा ४ जना, दाङमा ३ जना, नवलपरासीमा २ जना, पाल्पामा १९ जना, प्यूठानमा ४ जना, बर्दियामा ६ जना, बाँकेमा ६ जना र रुपन्देहीमा ३५ जना
कर्णाली प्रदेशमा : कालीकोटमा १ जना, जाजरकोटमा २ जना, जुम्लामा ५ जना, दैलेखमा २ जना र सुर्खेतमा ४४ जना
सुदूरपश्चिम प्रदेशमा : अछाममा ११ जना, कञ्चनपुरमा ३ जना, कैलालीमा २१ जना, डडेल्धुरामा २ जना र बझाङमा १० जना
आज संक्रमित हुनु हुनेको संख्या ९८० जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया