लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका १५ जना गिरफ्तार

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । जसका कारण अधिकांश देशहरुमा लकडाउन भईरहेको छ ।

अब भने मानिसहरु यस लकडाउनबाट वाक्कदिक्क भएका छन् ।

जसका कारण कोरोनाको बेवास्ता गर्दै मानिसहरु सडकमै उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।

यसैबीच अस्ट्रेलियामा पनि लकडाउनविरुद्ध भारी प्रदर्शन भएको छ । अस्ट्रेलियाको मेलबर्न शहरमा शनिवार प्रदर्शन भएको हो ।

सयौँको संख्यामा मानिसहरु लकडाउनविरुद्धको प्रदर्शनमा उत्रिएका थिए । प्रहरीको अनुमति नलिएको भन्दै प्रशासनले प्रदर्शनकारीमध्ये १५ जनलाइए गिरफ्तार गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?