विद्या फेरि राष्ट्रपति बन्ने, जनता सास्ती भाेग्ने

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी अर्को कार्यकालका लागि राष्ट्रपति पदको उम्मेदवारी दर्ता गराउन नयाँ वानेश्वर जाने कार्यक्रम भएपछि राजधानीका विभिन्न रुटको यातायात प्रभावित भएको छ ।यातायात प्रभावित हुँदा गन्तब्यमा हिँडेका यात्रुले सास्ती बेहोर्नुपरेको छ ।ट्राफिकक प्रहरीले शितलनिवास,शिवपुरी कलेज, बालुवाटार, भाटभटेनी,छातेगणेश, नक्साल भगवती, लोत्सेचोक, कृष्णपाउरोटी, कमलादी, पुतलीसषक, पद्धमोदयमोड, सिंहदरवार,माइतीघर, बबरमहल बिजुली बजार,नयाँबानेश्वर हुँदै चल्ने सवारीहरुको आवागमन एकतर्फी रुपमा प्रभावित भएको जनाएको छ।प्रहरीले बैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरेको छ ।भण्डारीले केहिबेरमै निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउँदै छिन् ।सत्तारुढ नेकपा एमाले०को गए राति सम्पन्न स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको थियो । उनलाई वाम गठबन्धन समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?