काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ८ लाख ८३ हजार ७४० जनाको मृत्यु भएको छ भने २ करोड ७० लाख ६२ हजार ७४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ९१ लाख ६२ हजार ६९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ७२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण ७० हजार ६७९ जनाको मृत्यु भएको छ भने ४१ लाख १० हजार ८३९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३१ लाख ७७ हजार ६७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य गम्भीर रहेको छ । त्यस्तै भारतमा शनिवार ९० हजार ६०० जना संक्रमित थपिएका छन् ।
यो संख्या हालसम्मकै धेरै हो । १ हजार ४४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया