कोरोना : प्रदेश न.१ मा थप चारको मृत्यु, कर्णालीमा नौ संक्रमित थपिए

विराटनगर । प्रदेश न.१ मा पछिल्लो २४ घण्टामा कोभिड– १९ बाट ५४ जना सङ्क्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नं २ का दुई महिला र बुढीगंगा र धनपालका एक एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । ती मध्ये यस प्रदेशका स्थायी ठेगाना भएका २७ र प्रदेश बाहिरका १२ रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेमा एक हजार ७६१ जनाको पिसीआर परीक्षण गरिएको छ । ती मध्ये २३ महिला र ३१ पुरुष गरी ५४ को रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पोजेटिभ देखिनेमा मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेशबाहिरका एक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमा मोरङ विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका दुई , लेटाङ, कटहरी र रंगेलीका एकएक पुरुष र जहदाका एक महिला, सुनसरीको इटहरीका दुई महिला र छ पुरुष, धरानका चार महिला र एक पुरुष, झापाको दमकका एक महिला र दुई पुरुष, विर्तामोडका एक र स्थानीय तह नखुलेका एक पुरुष, इलामको चुलाचुलीका एक पुरुष तथा प्रदेश बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएकोे छ ।

हालसम्मा प्रदेशमा तीन हजार र ८७९ कोरोनाबाट संक्रमित भइसकेका छन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६ निको भएर घरफर्केका छन् भने हालसम्ममा एक हजार ८३५ जना कोरोनाबाट मुक्त भइसेका छन् । हालसम्ममा यसप्रदेशमा ९७ हजार २२१ पिसीआर परीक्षण गरिएको छ ।

कर्णालीमा नौ संक्रमित थप

कर्णाली प्रदेशमा आज नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्ति अनुसार नौ संक्रमित थपिएसँगै सङक्रमितको संख्या दुई हजार ६०० नजिक पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको उनले बताए । उनका अनुसार कोरोना संक्रमणबाट निको भएर आज दिन ४२ जना घर फर्किएका छन् ।

सल्यान वनगाड कुपिण्डे आइसोलेसन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट छ, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए । आज ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उनको भनाइ छ ।

डोल्पा, मुगु र हुम्ला बाहेक अन्य सात जिल्लामा विभिन्न आइसोलेसनमा ३०२ जना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा प्रदेशले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?