नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ

सिरहा । मिर्चैया नगरपालिका-५ ब्राहबिघाबाट १ थान नलकटुवा पेस्तोल सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ बस्ने १९ बर्षीय अजय शर्मा, सोही नगरपालिका-५ बस्ने १९ बर्षीय ज्ञानु कुमार मण्डल र ३९ बर्षीय रमेश साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले को ३५ प ४०१३ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार अजय शर्मा र ज्ञानु कुमारलाई उक्त पेस्तोल सहित पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त हतियार सोही ठाउँस्थित रमेश साहले किराना पसलबाट दिएको बताएपश्चात साहलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?