कोरोनाबाट हैरान बनेका व्यक्तिले राष्ट्रपतिसँग मागे इच्छामृत्यु, भने ‘लाइभबाट देखाउनेछु मृत्यु’

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो हजारौँको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।

यसैबीच फ्रान्सबाट एक अनौठो घटना साम्ने आएको छ । फ्रान्समा एक व्यक्तिले कोरोनाबाट हैरान भएको भन्दै त्यहाँका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग इच्छामृत्युको माग गरेका छन् ।

यो रोगको उपचार नमिलेको भन्दै उनले राष्ट्रपतिलाई इच्छामृत्यु दिन आग्रह गरेका हुन् । तर उनको उक्त आग्रहलाई राष्ट्रपतिले खारेज गरिदिएका छन् ।

अलाइन कोक नामक उक्त व्यक्तिले अहिले खान पिउन नै छोडिदिएको बताइएको छ । उनले आफू अब एक हप्ता भन्दा धेरै नबाँच्ने बताएका छन् ।

५७ वर्षीय उक्त व्यक्तिले राष्ट्रपतिसँग इच्छामृत्यु दिन र आफू लाइभबाट मृत्युको सबै घटनाक्रम देखाउन चाहेको बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?