काठमाडौं । भारतमा मात्रै १३ दिनमा १० लाख भन्दा धेरै कोरोना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
१३ दिनमा कोरोना संक्रमितको संख्या भारतमा ३० लाखबाट ४० लाख पुगेको हो । जसमा शुक्रवार हालसम्मकै धेरै अर्थात् ८६ हजार ४३२ जना संक्रमित थपिएका हुन् ।
भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख देखि २० लाखसम्म पुग्न २१ दिन लागेको थियो तर २० देखि ३० लाख १६ दिनमा र ३० देखि ४० लाख मात्र १३ दिनमा पुगेका छन् । भारतमा एक लाख संक्रमित पुग्न ११० दिन लागेको थियो ।
एक लाखबाट १० लाख पुग्न ५९ दिन लागेको थियो । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ६९ हजार ६३५ जनाको मृत्यु भएको छ भने ४० लाख २३ हजार १७९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३१ लाख ७ हजार २२३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ४६ हजार ३२१ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया