काठमाडौं – बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डायलासिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण शुरु गरेको जनाएको छ । यसअघि सबैले स: शुल्क रुपमा कोरोना जाँच गराउनुपर्दथ्यो ।
डायलासिस गराउनु अघि कोरोना संक्रमण भए नभएको यकिन गर्नको लागि पिसिआर परिक्षण अनिवार्य गरिने भएकोले छोटो समयमा डायलायसिस गराउने बिरामीको उपचारमा सहज होस् भनेर उपमहानगरले १९ वटै वडा कार्यालयलाई निःशुल्क परीक्षण शुरु गर्न निर्देशन जारी गरिएको जनाएको छ ।
बुटवल उपमहानगरपालिकाले दिएको जानकारी अनुसार स्वाब संकलन गरिने स्थानसम्म पुग्न नसक्ने अवस्थाका बिरामीलाई उनीहरु बसेको स्थानमा नै पुगेर स्वाब परीक्षण गर्ने गरी काम शुरु गरिएको हो ।
निःशुल्क पीसीआर परीक्षणका लागि अस्पतालहरुमा डायलासिस गराइरहेको कागजात वा डेरा गरेर बसेको वडा कार्यालयको सिफारिस देखाउनु पर्ने पनि उपमहानगरपालिकाले जनाएको छ । (file Photo)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया