भारत-चीनबीचको स्थिती गम्भीर : ‘हामी दुबै देशको सहयोग गर्न तयार छौँ’: डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै चीनविरुद्ध अमेरिकाले भारतको सहयोग गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले चीन र भारतबीचको सीमा विवाद अत्याधिक गम्भीर रहेको भन्दै आफू भारत र चीनको सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘यदि हामी केहि गर्न सक्छौँ भने हामी विवाद समाधान गर्न पनि केहि सहयोग गर्न सक्छौँ ।’

साथै उनले अधिकांश भारतीयले आफूलाई भोट गर्ने विश्वास राखेको बताएका छन् ।

उनले चीनले अहिले गरिरहेको काम खराब भएको समेत बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?