काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा अहिलेसम्म ८ लाख ७८ हजार ८०६ जनको मृत्यु भएको छ भने २ करोड ६७ लाख ८४ हजार ८३२ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ करोड ८८ लाख ९५ हजार ३९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ९८५ जनाको स्वास्थ्य गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९२ हजार १११ जनाको मृत्यु भएको छ भने ६३ लाख ८९ हजार ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ३६ लाख ३५ हजार ८५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ६१ हजार ९२ जना उपचाररत छन् ।
त्यस्तै १५ हजार ६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकाको क्यालिफोर्नियामा १३ हजार ६४३ जनाको मृत्यु भएको छ भने ७ लाख ३१ हजार ४५३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म १३ हजार ५६१ जनाको मृत्यु भएको छ भने ६ लाख ६१ हजार ५०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख ४० हजार २११ जनालाई संक्रमण भएको छ भने ११ हजार ७५५ जनाको मृत्यु भएको छ ।
त्यस्तै शुक्रवार मात्रे अमेरिकामा ५२ हजार ८५३ जना संक्रमित थपिएका छन् भने १ हजार ३३ जनाको मृत्यु भएका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया