भारतमा भयावह बन्दै कोरोना : पछिल्लो २४ घण्टामै थपिए ८१ हजार बढी संक्रमित

काठमाडौं । कोरोना संक्रमणको हिसावले छिमेकी देश भारत तेस्रो स्थानमा रहेको छ । संक्रमणको हिवासले अमेरिका, ब्राजिलपछि भारत रहेकाो छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ६ सय १४ पुगेको छ । बितेको २४ घण्टामा ८१ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४० लाख १४ हजार ७ सय ४४ पुगेको छ । हालसम्म ३१ लाख १ हजार २ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ लाख ७६ हजार १ सय ६५ पुगेको छ । भने हालसम्म विश्वभर २ करोड ६६ लाख ५५ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको र संक्रमितमध्ये १ करोड ८७ लाख ८२ हजार ८ सय ३ जना कोरोना मुक्त भइ घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?