रातो मछिन्द्रनाथको रथ यात्राको क्रममा खट्ने इन्स्पेक्टरसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बिहीवार ललितपुरमा रातो मछिन्द्रनाथको रथयात्राको क्रममा खटेका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  त्यसमध्ये एक जना इन्स्पेक्टरसमेत रहेका छन् ।

जसमध्ये महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरी (मेट्रो) मा ८ जना, ट्राफिक महाशाखामा १५ र महानगरिय प्रहरी परिसर काठमाडौं टेकुमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय देशभर कोरोना रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिने धेरै प्रहरीहरुमा कोरोना संक्रमणको दर बढिरहेको छ ।
बिहीवार (हिजो) मछिन्द्रनाथको रथ यात्राका क्रममा प्रहरी र त्यहाँका स्थानीयबीच झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?