सिड्नी । अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निस्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।
प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको वृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् । त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्बन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निस्कर्ष छ ।
अध्ययन टोलीका अनुसन्धानकर्ता डा। पेर्माल डेओले भन्नुभयो, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउने लगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पुर्याउने देखिएको छ ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया