कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १४ जनाको कोरोनाको कारण ज्यान गएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ । आज मृत्यु हुनेहरुमध्ये १० जना पुरुष र ४ जना महिलाहरु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुने पुरुषहरुमा सप्तरीका २ जना ५५/५५ वर्षीय, कास्कीका ६५ वर्षीय, धनुषाको ६५ वर्षीय, रसुवाका ३७ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् । त्यस्तै कोरोनाको कारण मृत्यु हुने महिलाहरुमा काठमाडौंका ३ जना ८२, ६७ र २२ वर्षीया, चितवनकी ३५ वर्षीया रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

नेपाल पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ५८ प्रतिशत अर्थात २५ हजार ५ सय ६१ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ३ सय ५४ जना कोरोना मुक्त भएका हुन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?