तमिल्नाडुको पटाका फ्याक्ट्रीमा बिस्फोट, ९ जनाको मृत्यु

काठमाडौं । भारतको तमिल्नाडुस्थित कुड्डालोर जिल्लामा एक पटाका फ्याक्ट्रीमा बिस्फोट भएको छ ।

बिस्फोटमा ९ जनाको अहिलेसम्म मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।साथै ४ जना घाईते भएका छन् ।

स्थानीयका अनुसार मर्नेको संख्यामा वृद्धि हुनसक्ने बताइएको छ । धमाकाका कारण फ्याक्ट्रीको बिल्डिङ झरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?