नेपालमा कोरोना भाइरस : कहाँ कति थपिए संक्रमित र मृतक ? (जिल्लागत विवरणसहित)

काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जना पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका मात्रै ४ जना महिला रहेका छन् । काठमाडौंका ८२, ६७ (सरसठ्ठी) र २२ वर्षिया महिला त्यस्तै चिवतनका ३५ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यसैगरी सप्तरीमा ५५/५५ वर्षका दुई जना पुरुष, धनुषामा ६५, कास्कीमा ३१ र नवलपरासीमा ३७ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै प्यूठानमा ५८, रुपन्देहीमा ७८ (अठहत्तर), पाल्पामा ६३ र सुर्खेत ४२ वर्षिय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

बितेको २४ घण्टाको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ३ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ । बितेको २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ वटा पीसीआर परीक्षणमा ४ सय ६४ महिला ८ सय ९५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण देखिएको छ ।

आजसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएकोमा ४४ हजार २ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज १ हजार ३ सय ५३ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ५७, बाग्मती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या देशभरी १८ हजार ४ सय ४ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय १६, प्रदेश नम्बर २ मा ७ सय ५२, बाग्मती प्रदेशमा ५ हजार ५ सय ७५ र गण्डकी प्रदेशमा ७ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ जहार २ सय ५६, कर्णाली प्रदेशमा ४ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३८, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ५७, बाग्मती प्रदेशमा २ हजार ३ सय १५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १९, कर्णाली प्रदेशमा ३९ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना संक्रमित रहेका छन् ।

प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा २८, बाग्मती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णालीमा ३ जना गरी देशभरी १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा ३, बाग्मती प्रदेशमा १९ र प्रदेश नम्बर ५ मा ४ जना गरी २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज क्वारेन्टाईनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।

कुन प्रदेशको कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि भयो ?

प्रदेश १ मा उदयपुरमा १ जना, खोटाङमा २ जना, ओखलढुङ्गामा २ जना, झापामा २८ जना, मोरङमा ७६ जना, सुनसरीमा ३९ जना

प्रदेश २ मा धनुषामा ४३ जना, पर्सामा २७ जना, बारामा २१ जना, महोत्तरीमा ४६ जना, रौतहटमा २ जना, सप्तरीमा २६ जना, सर्लाहीमा ८० जना र सिरहामा १ जना, बाग्मती प्रदेशमा काठमाडौंमा ३८६ जना, काभ्रेपलान्चोकमा ७ जना, चितवनमा ८२ जना, दोलखामा २ जना, धादिङमा १९ जना, नुवाकोटमा ५ जना, भक्तपुरमा ३६ जना, मकवानपुरमा १८ जना, रसुवामा १ जना, रामेछापमा १३ जना, ललितपुरमा ३२ जना, सिन्धुपाल्चोकमा ४ जना र सिन्धुलीमा २ जना

गडण्की प्रदेशमा कास्कीमा २० जना, गोरखामा २६ जना, तनहुँमा १२ जना, नवलपरासी पूर्वमा २८ जना, म्याग्दीमा १ जना, लमजुङमा १० जना, बाग्लुङमा १ जना र स्याङ्जामा ३ जना

प्रदेश ५ मा कपिलवस्तुमा ७ जना, गुल्मीमा २ जना, दाङमा ७ जना, पाल्पामा ६ जना, बर्दियामा १४ जना, बाँकेमा ४८ जना, रुकुमपूर्वमा १ जना र रुपन्देहीमा ४४ जना

कर्णाली प्रदेशमा जाजरकोटमा २ जना, जुम्लामा २१ जना, दैलेखमा ९ जना, रुकुमपश्चिममा १ जना, सल्यानमा १ जना, सुर्खेतमा २२ जना

सुदुरपश्चिम प्रदेशमा अछाममा १ जना, कञ्चनपुरमा ५ जना, कैलालीमा ५२ जना, डोटीमा ४ जना, दार्चुलामा ३ जना, बझाङमा ३ जना र बैतडीमा ३ जना

यो लिंकमा क्लिक गरी पढ्नुहोस् समाचार 

कोरोना भाइरसको विषयमा अनावश्यक भ्रम नफैलाउन महाशाखाको आग्रह 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?