कोरोना बिमा गर्नुभएको छ ? यस्तो अवस्थामा दाबी भुक्तानी पाउनुहुने छैन  !

काठमाडौं – के तपाईले कोरोना भाईरस ‘कोभिड – १९’ बिमा गर्नुभएको छ ? गर्नुभएको छ भने अब सावधानी अपनाउनुपर्ने भएको छ । त्यो सावधानी तपाईको परिक्षणमा अपनाउनुपर्ने भएको हो । अर्थात् पछिल्लो केहि समय  सरकारी अस्पतालको ल्याबमा गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ र नीजि ल्याबमा गरिएको परिक्षणको रिपोर्ट पोजेटिभ आएसँगै निजी ल्याबबाट ‘कोभिड-१९’ परीक्षण गर्नेले पीसीआर रिपोर्ट पोजेटिभ आए पनि कोरोना बिमा दाबी भुक्तानी नपाउने भएका हुन् ।

केहि समयअघि जनप्रतिनिधीको सवालमा पनि यस्तै घटना भएको थियो । यसर्थ बिमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ ।  यदि तपाईले बिमा गर्नुभएको छ भने सरकारी निकायबाट पुष्टि भएको कागज उल्लेख भएको हुनुपर्नेछ ।

बिमा समितिले कोरोना बिमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको बताईएको छ ।

निजी ल्याबबाट हुने गरेको परीक्षणमा ‘फ्रड’को आशंका लागेकाले दाबी भुक्तानी नदिन निर्देशन गरिएको बताईएको छ । तर निजी ल्याबबाट परीक्षण गरेपनि सरकारी निकायले कोरोना संक्रमण भएको पुष्टि गरेको खण्डमा बिमा कम्पनीबाट दाबी भुक्तानी पाउनेछन् ।

के छ कार्यविधीमा ?

कोरोना बिमा कार्यविधिमा सरकारीबाट मान्यता प्राप्त सरकारी ल्याबबाट गरिएको परीक्षणका आधारमा मात्र दाबी भुक्तानी गरिने उल्लेख गरिएको छ ।(सांकेतिक तस्वीर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?