काठमाडौं – अमेरिकाका कोरोनाका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप तुरुन्तै नआउने बताएपछि मानिसहरुमा निराशा छाएको छ ।
गत वर्ष डिसेम्बर अनित्म साताबाट चिनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाईरले विश्व आक्रान्त भएको अवस्थामा अमेरिकाका कोरोनाका वरिष्ठ विशेषज्ञ फाउचीले बिहिबार ‘कोभिड – १९’ को भ्याक्सिन अक्टोबरसम्म तयार भएर आउने सम्भावना निकै कम भएको बताएपछि झनै चिन्ता र निराशा थपिएको हो । तर उनले यो असम्भव भने नभएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनलाई फाउचीले दिएको अन्तरर्वार्ता लाई उदृद गर्दै बीबीसीले लेखेको छ, ‘धेरैभन्दा धेरै मानिसहरुले नोभेम्बर–डिसेम्बरसम्म कोरोनाको भ्याक्सिन आउने आशा राखेको भन्ने मलाई लाग्छ ।’ फाउचीलाई संसारले कहिलेसम्म भ्याक्सिन पाउला त भनेर सोधिएको प्रश्नको जवाफमा भनेका छन्, ”अक्टोबरसम्म भ्याक्सिन आउला भनेर अनुमान त गर्न सकिन्छ तर मलाई यस्तो होला भन्ने लाग्दैन ।”
तर हिजो बिहिबार प्राप्त एक समाचारमा नोभेम्बरसम्ममा ‘कोभिड – १९’ को खोप वितरणका लागि तयार रहन अमेरिकी राज्यहरुलाई निर्देशन दिईएको उल्लेख गरिएको थियो ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले राज्यका स्वास्थ्य अधिकारीहरुलाई उच्च जोखिममा रहेका समूहलाई अक्टोबर महिनाको अन्तिम वा नोभेम्बरको सुरुवातसम्ममा कोरोनाभाइरसको सम्भावित खोप वितरण गर्नका लागि तयार रहन निर्देशन दिएको सन्दर्भ उल्लेख थियो । यहिबिचमा फाउचीको त्यस्तो भनाई आएपछि तरंग उत्पन्न भएको हो ।
विश्वलाई थाहा भएको कुरा हो, समय तय गरिएको यो निर्णयलाई अमेरिकी राष्ट्रपति चुनावसँग पनि जोडेर हेरिएको छ ।
पुनः निर्वाचित बन्ने होडमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको विकासमा ठूलो रकम खर्च गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया