काठमाडौं । नेकपा (मसाल)ले बागलुङको ढोरपाटनमा आएको बाढीपहिरोबाट पीडितको उद्धार र सहयोगका लागि सबैलाई अनुरोध गरेको छ ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीवार विज्ञप्ति जारी गरी बेपत्ताको खोजतलासमा जोड दिन अनुरोध गर्नुभएको छ ।
बुधवार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बस्तीमा क्षति पुर्याएको थियो ।
केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो ।
बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । आज बिहानसम्म १४ शव भेटिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया