काठमाडौं – गत वर्षको अन्तिम साताबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाईरस ‘कोभिड – १९’ को कारण विश्व त्रस्त्र छ । यसविरुद्धको औषधी र भ्याक्सिन नबनेका कारण स्थिती अझ भयावह बन्न थालिसकेको छ । यद्यपी कोरोना भाइरसका केसहरू द्रूत गतिमा बढीरहेकै अवस्थामा विश्व स्वास्थ्य संगठन डब्लुएचओले केहि औषधी बिरामीलाई दिन सकिने बताएको छ ।
विभिन्न रिपोर्टहरुमा जनाईएअनुसार खोप नबन्दासम्म स्टेरोइड नामको औषधि प्रयोग गर्न सकिनेछ । ति रिपोर्टहरुमा जनाईएअनुसार कोरोनाको संक्रमणले गम्भिर अवस्थामा पुर्याएका व्यक्तिहरूलाई बचाईरहेको छ । यी महत्वपूर्ण सातवटा परीक्षणहरूको नतिजा अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित भएको थियो । इंल्यान्डको ब्रिस्टल विश्वविद्यालयका महामारी विज्ञानका प्राध्यापक जोनाथन स्टर्नले भनेका छन्, ”यी औषधिहरू सबै उमेर र सबै वर्गका मानिसहरूमा काम गर्दछन्।”

यो औषधी केहि महिनाअघिमात्रै अक्सफोर्ड विश्वविद्यालयले पुनः परीक्षणबाट प्रमाणित गरेको थियो । सो परीक्षणमा कोरोनाका प्रत्येक ८ गम्भीर व्यक्तिमध्ये एकलाई डेक्सामेथासोन भनिने स्टेरोइडले सहज बनाएको थियो ।
यी परीक्षणहरू बाहेक अन्य छ वटा परीक्षणका नतिजाहरू पनि प्रकाशमा आएका छन् ।
हाइड्रोकार्टिसोन भन्ने अर्को स्टेरोइडको पनि कोरोना संक्रमितलाई सहज बनाउने भनिएको छ । यसले यी दुई औषधिहरूले गम्भीर बिरामीहरूमा मृत्युको जोखिम २० प्रतिशत घटाएको बताईएको छ ।
यो औषधिको ट्रायल ब्राजिल, फ्रान्स लगायतका देशहरूमा गरिएको छ ।
यी औषधिहरू पहिले नै व्यापक रूपमा प्रयोग भइरहेको औषधिहरु हुन । मे महिनामा पनि बिरामीहरूलाई डेक्सामेथेसोन दिइएको थियो ।
प्रोफेसर एन्थोनीले भने, ’गहन हेरचाहमा हामी इंफ्लेमेसन र गम्भीर संक्रमणलाई रोक्न स्टेरोइड प्रयोग गर्छौं, तर हामीलाई थाहा छ यसले रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ र यस नयाँ भाइरसको अबस्था झन बिग्रन पनि सक्छ ।’
एनएचएसका साथै डेक्समेथासोन र हाइड्रोकोर्टिसोन विश्वभरका अन्य अस्पतालहरूमा कोरोना भाइरसका गम्भीर बिरामीहरूमा बढी प्रयोग भइरहेको औषधिमा परेका छन् ।
हाल नेपालमा पनि हिजो (बिहिबार) अपरान्ह दिईएको जानकारी अनुसार १७ जना भेन्टिलेटरमा र १४१ जना आईसीयूमा उपचाररत छन् । कतिपय होम आईसोलेसनमा बसेकाहरुले पनि उपचारका लागि अस्पताल जाँदा ‘बेड’ नपाउने अवस्था छ ।
बिगत ८ महिनादेखि सबै क्षेत्र ठप्पप्राय छन् । यस्तो अवस्थामा यी औषधीहरुको नतिजा राम्रो आउनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । यद्यपी यसबारे अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया