कोरोनाको प्रकोप : अमेरिकामा फेरि बढ्न थाले संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ७३ हजार २१३ जनाको मृत्यु भएको छ भने २ करोड ६४ लाख ६७ हजार ४९० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ८६ लाख ६१ हजार ५०४ जना संक्रमण मुक्त भएका छन् भने ६० हजार ७४५ जनाको स्वास्थ्य गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा १ लाख ९१ हजार ५८ जनाको मृत्यु भएको छ भने ६३ लाख ३५ हजार २४४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३५ लाख ७५ हजार ९६ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ६९ हजार ९० जना उपचाररत छन् ।

१५ हजार ४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म १३ हजार ४९० जनाको मृत्यु भएको छ भने ७ लाख २६ हजार ३७७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ६लाख ५५ हजार ९८० जनालाई संक्रमण भएको छ भने १३ हजार ४३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख ३७ हजार १३ जनालाई संक्रमण भएको छ भने ११ हजार ६५५ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बिहीवार मात्रै ४४ हजार ५०७ जनालाई संक्रमण भएको छ भने १ हजार ९४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?