काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ७० हजार २ सय १० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६३ लाख ५१ हजार ३ सय ४० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ८५ लाख ५९ हजार ९ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ७ सय १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९० हजार ३ सय ९४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६३ लाख ८ हजार ५ सय ९४ पुगेको छ । हालसम्म ३५ लाख ५४ हजार ५ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३० जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४० लाख ७ हजार ५ सय २ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २४ हजार ५७ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३२ लाख १० हजार ४ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ५८ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ५ सय ६० पुगेको छ । बितेको २४ घण्टामा ८१ हजार ९१ लजनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३९ लाख ३० हजार ५९ पुगेको छ । हालसम्म ३० लाख ३१ हजार ७ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ७४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ५ सय २८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ९५ जनामा कोरोना पुष्टि भएको र १ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ९ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख २६ हजार ९ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा २९ हजार २ सय ५९ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ६३ हजार ४ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ८० हजार १ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया