काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ७० हजार २ सय १९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६३ लाख ५१ हजार ७ सय २१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ८५ लाख ६० हजार ३ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ७ सय १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९० हजार ३ सय ९४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६३ लाख ८ हजार ५ सय ९४ पुगेको छ । हालसम्म ३५ लाख ५४ हजार ५ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३० जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४० लाख ७ हजार ५ सय २ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २४ हजार ५७ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३२ लाख १० हजार ४ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ५८ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ५ सय ६० पुगेको छ । बितेको २४ घण्टामा ८१ हजार ९१ लजनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३९ लाख ३० हजार ५९ पुगेको छ । हालसम्म ३० लाख ३१ हजार ७ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ७४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ५ सय २८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ९५ जनामा कोरोना पुष्टि भएको र १ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ९ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख २६ हजार ९ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा २९ हजार २ सय ५९ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ६३ हजार ४ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ८० हजार १ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार ३ सय ८९ पुगेको छ । हालसम्म ६ लाख ३० हजार ५ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ५३ हजार ४ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ४ हजार ९ सय १६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख १० हजार ९ सय ५७ पुगेको छ । हालसम्म कोरोनाको कारण ६५ हजार ८ सय १६ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ५ सय ७५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख २४ हजार ९ सय ९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार १ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय २२ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख १६ हजार ५ सय १ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८९ हजार ४ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ४० जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र चिलिमा १ हजार ७ सय ६२ जनामा कोरोना पुष्टि भएको र ४९ जनाको ज्यान गएको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार २ सय ३४ पुगेको छ । हालसम्म ४ लाख ८८ हजार ५ सय १३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ९ सय ३० जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया