काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ७० हजार २ सय १० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६३ लाख ५१ हजार ३ सय ४० जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ८५ लाख ५९ हजार ९ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ७ सय १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ५ सय ६० पुगेको छ । बितेको २४ घण्टामा ८१ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३९ लाख ३० हजार ५९ पुगेको छ ।
हालसम्म ३० लाख ३१ हजार ७ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ७४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया