ललितपुरमा भोली कर्फ्यू

काठमाडौं । ललितपुरमा भोलि बिहान ४ बजे देखी राति १० सम्म कर्फ्यू लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललिपुरपुरले जिल्लामा पर्ने चक्रपथ क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको हो ।

आज दिउँसो रातो मछिन्द्रनाथको रथ यात्राको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको थियो । भने स्थानीयले एक प्रहरी जवानलाई निर्घात कुटपिट गरेका थिए ।

रातो मछिन्द्रनाथको रथ यात्रामा धेरै मानिसहरु भिडभाड गरेको भन्दै प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?