पुल्चोकमा ड्यूटीमा रहेका प्रहरीमाथि कुटपिट

काठमाडौं । बिहीवार ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपका क्रममा एक प्रहरी जवान घाइते भएका छन् ।

निषेधाज्ञाको समय भएपनि पुल्चोकमा ठुलो संख्यामा मानिसहरु भीडभाड गरी रातो मछिन्द्रनाथको रथ तानेका थिए । यसैक्रममा
उनीहरुले ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो ।

हाल घिमिरेको अल्का अस्पतालमा उपचार भइरहेको छ । घिमिरेको टाउको र हातमा चोट देखिएको अस्पतालले जनाएको छ ।

उनलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनलाई त्यहाँ आएका मानिसहरुले निर्घात रुपमा कुटपिट गरेको देख्न सकिन्छ भने केहीले उनलाई बचाउन खोजेको पनि देखिन्छ । तैपनि उनी आफ्नो ज्यान जोगाउनका लागि भागिरहेका हुन्छन् भने उनलाई पछाडीबाट आइ लखेटिरहेको देख्न सकिन्छ ।
ठुलो संख्यामा आएका सर्वसाधारणलाई नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?