काठमाडौं । फोर्च्यून म्यागेजिनले भारतीय बिजनेश म्यान मुकेश अम्बानीका छोराछोरीलाई विश्वकै टप ४० प्रभावशाली व्यक्तिमा सामेल गरेको छ ।
अम्बानीका छोरा आकाश र छोरी ईशालाई संसारकै ४० प्रभावशाली व्यक्तिमा सामेल गराएको हो ।
दुबैलाई टेक्नोलोजी सेक्शनबाट यो लिस्टमा स्थान दिइएको हो ।
म्याग्जीनले आफ्नो आर्टिकलमा आकाश र ईशा अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति र रिलायन्सका चेयरम्यान मुकेश अम्बानीका छोराछोरी हुन् ।
दुबैलाई जियो बोर्डमा सामेल भएपछि कम्पनीको बिजनेश ६५ बिलियन अमेरिकी डलर बढेको बताइएको छ ।
अमेरिकाको यो रिपोर्टका अनुसार रिलायन्स एक फ्यामिली बिजनेश हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया