चीनविरुद्ध कड्कियो अमेरिका : ‘दक्षिण चीन सागरदेखि हिमालयसम्म सबै दृश्यलाई नियाली रहेका छौँ’

काठमाडौं । चीन र भारतबीचको तनाव अहिले चरम उत्कर्षमा पुगेको छ । साथै अमेरिका र चीनको तनाव पनि दक्षिण चीन सागरमा उस्तै रहेको छ ।

यसैबीच चीन र भारतबीचको तनावलाई मध्यनजर गर्दै अमेरिकाले चीनको आक्रमतालाई आफूले नियाली रहेको बताएको छ ।

चीनमाथि अमेरिकाले आफ्ना छिमेकीलाई धम्काएर चीनले आफ्नो अधिपत्य जमाएको आरोप लगाएको छ ।

अमेरिकी विदेश विभागले बुधवार ताइवान स्ट्रेट देखि लिएर शिनजियांग, साउथ चाइना सीबाट लिएर हिमालय र साइबर स्पेसदेखि लिएर इन्टरनेशनल अर्गनाइजेशनसम्म चीनले आफ्ना छिमेकीलाई धम्काईरहेको आरोप अमेरिकाले लगाएको छ ।

न्यूज एजेन्सी एएनआईसँग कुराकानीमा अमेरेकी विदेश विभागका प्रवक्ताले भारत र चीनको बीचमा जारी सीमा विवाद र तनावमाथि चर्चा गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?