काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु भएकामध्ये २ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कुल संक्रमितको ५६ प्रतिशतको कोरोनाको कारण मृत्यु भएको छ ।
मृत्यु हुने महिलाहरुमामा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया रहेका छन् । त्यस्तै पुरुषहरुमा सिन्दुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया