१८ चैत्र २०७९, शनिवार

नेपाल भित्रियो कालो कोकिन : नेपालमा किन ट्रान्जिट ?

२०७४,आश्विन,९,सोमवार ०३:०२

0
Shares

काठमाडौँ, ९ असोज- सन् १९९८ मा पहिलोपटक दक्षिण अमेरिकी देश कोलम्बियामा पहिलोपटक कालो कोकिन बरामद भएको थियो । त्यसको १९ वर्षपछि नेपालमा समेत कालो कोकिन भेटिएको छ । नेपालमा पनि दक्षिण अमेरिकी देशकै लागुऔषध तस्करहरूले ओसारपसार गरेको कालो कोकिन भेटिएको हो । नेपाललाई ट्रान्जिट बढाएर कोकिनको ओसारपसारमा संलग्न नाइजेरियन समूहले कालो कोकिनको कारोबार गर्न थालेको प्रहरीले जनाएको छ ।शनिबार प्रहरीले कालो रंगको दुई किलो सात सय ग्राम कोकिनसहित बोलिभियन पुरुष र भारतीय महिलालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी)ले बोलिभियाका अधेमार एनेज्लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको हो । बोलिभियन कोकिन लिएर बोलिभियाबाट नेपाल आएको र कहार उक्त कोकिन लिन काठमाडौं आएको एनसिबीका प्रमुख डिआइजी ठुले राईले बताए । दुवैजना थोरै पैसा लिएर बहाकको रूपमा काम गर्ने व्यक्तिहरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ, नयाँ पत्रिकामा खबर छ ।नेपालमा किन ट्रान्जिट ?कोकिन दक्षिण अमेरिकन देशहरूमा उत्पादन हुन्छ । जसको मुख्य गन्तव्य युरोप हो । नेपालमा कोकिनको खपत हुँदैन । तर, पनि नेपाललाई ट्रान्जिट बनाएर कोकिन ओसारपसार भइरहेको छ । पछिल्लो तीन वर्षयता नेपालमा पटक–पटक कोकिन बरामद हुन थालेको हो । सन् २०१४ मा ५.४९९ ग्राम कोकिन बरामद भएको थियो । २०१५ मा ११ तथा २०१६ मा १६.६ ग्राम कोकिन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांक छ । सन् २०१७ मा भने पहिलोपटक शनिबार बरामद भएको हो । बरामद भएका सबै कोकिन ब्राजिलबाट ल्याइएको थियो ।नेपालको सुरक्षा व्यवस्था खुकुलो भएको आँकलन र पक्राउ परे पनि अन्य देशको तुलनामा थोरै सजाय हुने भएकाले नेपाललाई ट्रान्जिट बनाएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । सडकमार्ग हुँदै भारत छिराउन सजिलो हुने भएकाले पनि नेपाल हुँदै कोकिन कारोबार बढेको हो । कोकिन कारोबारमा हालसम्म नेपालीको संलग्नता भने भेटिएको छैन ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०३:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८