काठमाडौं । नेपालमा आज (बिहीवार) थप १ हजार २२८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।
बितेको २४ घण्टामा देशभर थप १३ हजार ४१७ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै आजसम्म ७ लाख ३१ हजार ८५२ पीसीआर परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका छन् ।
१७ कोरोना संक्रमित भेन्टिलेटरमा र १४१ जनाको आईसीयूमा राखेर उपचार हुँदै छ ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
नेपालमा हिजो (बुधवार) १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया