वासिङ्टन डिसी । अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ ।
महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलवार राति करिब ८:३० बजे अरेन्ज स्ट्रिटमा भएको हो । प्रहरीले उक्त घटनामा मारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ ।
वासिङ्टन डिसीका प्रहरी प्रमुख पिटर न्यूशामले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति चढेको सवारी साधनलाई लखेटेको र गाडीबाट केही व्यक्ति भागेको जानकारी दिएका छन् । रासस
"We have what we believe to be an adult male that was taken to a local hospital and pronounced dead. And we have recovered two guns from the scene of this crime."@ChiefNewsham after one person died from a police shooting. https://t.co/0D6FrguzAR pic.twitter.com/jdLjjArmPr
— ABC 7 News – WJLA (@ABC7News) September 2, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया