कोरोना संक्रमितले गरे आत्महत्या

काठमाडौं – महोत्तरीमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित ३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाईएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?