कोरोना कहर : भारतमा संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महमारी अहिले सारा विश्वमा व्याप्त छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाको संक्रमण अहिले विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

कोरोना भाइरसका कारण विश्वमा ८ लाख ६७ हजार २९५ जनाको मृत्यु भएको छ भने २ करोड ६१ लाख ७६ हजार १४० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ८४ लाख ४१ हजार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ६२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६७ हजार ४८६ जनाको मृत्यु भएको छ भने ३८ लाख ४८ हजार ९६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २९ लाख ६७ हजार ३९६ जना संक्रमण मुत्तः भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । भारतमा बुधवार ८२ हजार ८६० जना संक्रमित थपिएका छन् भने १ हजार २६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?