काठमाडौं । नेपालमा आज (बुधवार) थप १ हजार १२० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
नेपालमा हिजो (मंगलवार) १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बितेका ३ दिनको विवरण हेर्नुहोस्
सोमवार ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस दिन ५४४ जना डिस्चार्ज भएका थिए भने थप सात जनाको मृत्यु भएको थियो ।
मंगलवार १२ हजार ८८ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा एक हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस दिन ७६८ जना डिस्चार्ज भएका थिए । ११ जनाको मृत्यु भएको थियो ।
बुधबार १२ हजार ७१७ जनाको पीसीआर परीक्षणका क्रममा १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस दिनको विवरणमा १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका थिए । थप १२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया