काठमाडौं । नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ६ जना पुरुष र ६ जना महिला रहेका छन् ।
मृत्यु हुने महिलाहरुमा चितवनकी २ जना ५५ र १८ वर्षीया, काठमाडौंकी ८९ वर्षीया, ललितपुरकी ७० वर्षीया, तनहुँकी २० वर्षीया, कपिलवस्तुकी ६० वर्षीया महिला रहेकी छिन् । त्यस्तै मृत्यु हुने पुरुषहरुमा बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय, र धादिङका ४७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
पछिल्लो समय नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । मंगलवार (हिजो) मात्र नेपालमा कोरोनाको कारण ११ जनाको मृत्यु भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । मंगलवार (हिजो) नेपालमा एकैपटक १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसअनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
उपत्यकामा पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो काठमाडौं उपत्यकामा एकैपटक ४ सय ८१ जनामा कोरोना पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया