काठमाडौं । भारतको मध्य प्रदेशमा शिवसेनाका पूर्व प्रदेश प्रमुख रमेश साहूको गोली हानेर हत्या गरिएको छ ।
साथै उनकी श्रीमती र छोरी भने घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । घटना स्थलबाट आरोपी फरार भएको बताइएको छ ।
हत्यारालाई प्रहरीले खोजी गरिरहेको छ । उनको इन्दौरको नजिकै उमरी खेडामा गोली हानेर हत्या भएको हो ।
उनलाई अज्ञात समूहले आक्रमण गरेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया